उम्मेद्वारहरु घरदैलोमा व्यस्त
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २६ । आसन्न संविधान सभाको दोश्रो निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो पक्षमा मत माग्दै उम्मेद्वारहरु घरदैलोमा व्यस्त रहेका छन् ।
क्षेत्र नं. २ का अधिकांश उम्मेद्वारहरु मंगलबार जानकी नगरको घरदैलोमा व्यस्त रहेका थिए । एकिकृत नेकपा माओवादीका राजकुमार राय यादव, नेकपा एमालेका सुरेन्द्र लामा, राप्रपाका किशोर बहादुर कार्की लगायतले जानकीनगरमा घरदैलो कार्यक्रम गरेका थिए ।
त्यस्तै क्षेत्र नं. २ का चुरेभावर राष्ट्रिय पार्टीका उम्मेद्वार बासुदेव निरौला, संघिय समाजवादी पार्टीको मो. रिजवान अन्सारी लगायतले हरिवनमा घरदैलो गरेका थिए ।
त्यस्तैगरी क्षेत्र नं. १ मा एमाले उम्मेद्वार केन्द्रिय अध्यक्ष झलनाथ खनालले सागरनाथ (भक्तिपुर), एकिकृत नेकपा माओवादीका शम्भु श्रेष्ठले नरेशखोर (भक्तिपुर) मा घरदैलो कार्यक्रम गरेका थिए भने क्षेत्र नं. ३ का एमाले उम्मेद्वार हरि उप्रेतीले ढुंग्रेखोला र एमाओवादीका भरत थापाले श्रीपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
त्यस्तै क्षेत्र नं. ३ का रामबली राय लगायतका मधेशवादीदलका उम्मेद्वारहरु सक्रिय रुपमा आ–आफ्नो क्षेत्रका घरदैलो कार्यक्रममा सहभागि भइरहेको बताइएको छ ।
No comments:
Post a Comment