ठक्करबाट घाइते
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २४ । मोटरसाइकलको ठक्करबाट कौडेना–९ का एक बालिका घाइते भएकी छिन् ।
मलंगवाबाट मधुवनगोठ तर्फ गइरहेको बा. १४ प ४३०६ नम्बरको मोटरसाइकलले कौडेनामा ठक्कर दिदा स्थानिय ७ वर्षिय वर्षा कुमारी महतो घाइते भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते बालिकालाई स्थानिय अस्पतालको प्राथमिक उपचार पश्चात थप उपचारका लागि विरगंज स्थित नेशनल मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायाण ओलीले बताए ।
दुर्घटना पश्चात चालक सहित मोटरसाइकल नियन्त्रणमा लिइसकेको प्रवक्ता ओलीले जानकारी दिए ।
No comments:
Post a Comment