‘स्वायत्त मधेस प्रदेशका लागि फोरम’
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २४ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस प्रदेशका लागि पार्टी अनवरत लडिरहेको बताएका छन् ।
फोरम नेपाल सर्लाहीले आइतबार सदरमुकाम मलंगवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले स्वायत्त मधेसका लागि लडिरहेको शक्तिलाई भोट हाल्न समेत आग्रह गरे ।
यसअघि नेपालमा बनेका कुनै संविधानमा मधेसीको अधिकार सुनिश्चित नभएको उल्लेख गर्दै अध्यक्ष यादवले आगामी निर्वाचन मार्फत बन्ने संविधान सभाबाट बन्ने संविधानमा हक अधिकार सुनिश्चित गर्न लडिरहेकाले मधेसी जनताले फोरम नेपालमा नै भोट हाल्न आग्रह गरे । ‘‘जारी अन्तरिम संविधान बन्दा फोरमको जन्म भएको र संघर्ष गरेर मधेस एवं मधेसीको अधिकारको सुनिश्चितता भयो ।’’ सभालाई सम्बोधन गर्दै यादवले दावी गरे–‘‘मधेस र मधेसी जनताको सम्पूर्ण अधिकार सुनिश्चितताका लागि फोरम नेपाल रोज्नुको विकल्प छैन ।’’
उनले मुलुकमा कर्मचारीतन्त्रको अन्त गरि लोकतन्त्र फर्काउन चुनावमा सहभागि हुन मधेसी जनतालाई आग्रह गरेका छन् । गाविस सचिवको नियन्त्रणमा, जिल्ला स्थानिय विकास अधिकारीको नियन्त्रणमा र मुलुक प्रधानन्याधिस को नियन्त्रणमा रहेको उल्लेख गर्दै अध्यक्ष यादवले कर्मचारीतन्त्रको अन्त गरी लोकतन्त्र फर्काउन र मधेसको अधिकार प्राप्तीका लागि चुनावमा सहभागि हुन मधेसी जनतालाई आग्रह गरे ।
No comments:
Post a Comment