Sunday, November 10, 2013

‘यूवालाई अगाडी बढाऔं’–थापा

‘यूवालाई अगाडी बढाऔं’–थापा
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष सूर्यबहादुर थापाले मूलुकको संकट निकासका लागि यूवा शक्तिलाई अगाडी बढाउनुपर्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ समिति हरिवनले शनिबार आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन ।
देशलाई यूवा शक्ति चाहिएको छ र यसपालिको संविधान सभामा यूवाको जमघटका लागि आफ्नो उम्मेद्वार किशोर बहादुर कार्कीलाई बहुमतले विजयी गराउन थापाले आग्रह गरे । मूलुक संकटग्रस्त अवस्थामा रहेकाले सो निकासका लागि यूवा शक्ति बाहेक अरुले नसक्ने अध्यक्ष थापाले दावी गरे ।
मतदाताले समाजसेवी, विकासप्रेमी र लगनशिल उम्मेद्वारलाई पहिचान गरेर मतदान गर्नुपर्ने उल्लेख गर्दै निर्वाचन अगाडी नै विचार पु¥याए पछि पछुताउनु नपर्ने बताए । अध्यक्ष थापाले सर्लाहीमा यसअघिनै आफ्नो पसिना बगिसकेकाले तराईका अन्य जिल्ला भन्दा सर्लाहीको सम्झना बढी आउने व्यक्त गर्न समेत चुकेनन् । कार्यक्रममा आसन्न संविधान सभा निर्वाचनमा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेद्वार किशोर बहादुर कार्कीले समग्र जिल्ला र देश विकासका साथै अधिकार विहिन नेपालीलाई अधिकार दिलाउन आफु सदैव अग्रसर भइरहने बताए । राप्रपा गाउँ समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका व्यक्तिहरुलाई अध्यक्ष थापाले अविरमालाका साथ स्वागत गरेका थिए ।

No comments:

Post a Comment