Sunday, December 22, 2013

‘मलंगवामा कर सेवा केन्द्र स्थापना हुने’

‘मलंगवामा कर सेवा केन्द्र स्थापना हुने’
लालबाबु राय÷सर्लाही दैनिक
मलंगवा, पुस ७ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख रमेश आर्यालयले सदरमुकाम मलंगवामा चाँडै कर सेवा केन्द्र स्थापना हुने बताएका छन् ।
कर सेवा केन्द्र स्थापना प्रक्रियाहरु अन्तिम चरणमा पुगेकाले चाँडै कर सेवा स्थापना हुने उनले बताए । मलंगवामा आइतबार करदाता शिक्षा कार्यक्रम आयोजना गरी कार्यालय प्रमुख आर्यालले उद्योगी, ब्यापारीहरुलाई कर शिक्षाका बारेमा जानकारी दिने क्रममा सो कुरा जानकारी दिएका हुन् । जनकपुर जाँदा करदाताहरुलाई खर्च बढी हुने, कर बुझाउन झन्झटिलो हुने भएकाले अब सर्लाहीका करदातालाई मलंगवामा नै कर बुझाउने वातावरण मिलाउने तयारी भईरहेको उनले स्पष्ट पारे । कार्यक्रममा सर्लाही उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष सत्यनारायण अग्रवालले पनि मलंगवामा कर सेवा स्थापनाको लागी पहल गरिदिन आग्रह गरेका थिए ।
मोहरसिंह धर्मशालामा भएको करदाता शिक्षा सम्बन्धी कार्यक्रमकै विच सदरमुकाम स्थित विभिन्न उद्योगी व्यापारीहरुले कर बुझाएका थिए । करिब १० वर्ष अघि सदरमुकाम मलंगवा स्थित उठेपछि सदरमुकाम मलंगवा लगायत जिल्लाभरका करदाता राजश्व बुझाउनका लागि जनकपुर धाउन बाध्य थिए ।

No comments:

Post a Comment