Friday, December 20, 2013

डेढलाख बालबालिकालाई पोलियो थोपा

डेढलाख बालबालिकालाई पोलियो थोपा
सर्लाही समाचारदाता
मलंगवा, पुस ५ । राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत शनिबार जिल्लाभरका ५ वर्ष मुनीका बालबालिकालाई  पोलियो थोपा खुवाईने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सचिदानन्द देवका अनुसार सर्लाहीमा १ लाख ५१ हजार ८ सय १५ जना पाँच वर्ष मुनीका बालबालिका रहेका छन् । जसमा १ वर्ष मुनीका २१ हजार ९ सय ४७ तथा सोभन्दा माथि पाँचवर्ष मुनीका १ लाख २९ हजार ८ सय ६८ बालबालिका रहेका छन् । शनिबार र आगामी माघ ११ गते दुईपटक गरेर जिल्लाका सम्पूर्ण बालबालिकालाई पोलियो थोपा खुवाईने जनस्वास्थ्य प्रमुख देवले बताए ।
जिल्ला स्थित ९९ वटै गाविस र मलंगवा नगरपालिकामा बालबालिकालाई पोलियो थोपा खुवाउन १ हजार ३ सय ५१ महिला स्वास्थ्य स्वयंसेविका सहित जनस्वास्थ्यका कर्मचारीहरु खटिनेछन् । मुलुकभर पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९ सय ९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको बताईएको छ ।
सन् २०१० यता पोलियो रोगका विरामी देखा नपरेकाले यहि पटक नै पोलियो थोपा खुवाउने अभियान अन्तिम पटक हुने सरकारले जनाएको छ । हिमाली क्षेत्रका ७ जिल्लामा भने पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते पोलियो थोपा खुवाईने छ ।

No comments:

Post a Comment