विकास गर्ने सभासद्हरुद्धारा प्रतिवद्धता
सर्लाही समाचारदाता
नवलपुर, पुस १६ । जिल्लाका नवनिर्वाचित सभासदहरुले समाज विकासको काममा लागी रहने प्रतिवद्धता जनाएका छन् । मंगलवार नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रले गरेको स्वागत तथा अन्तक्रियामा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
केन्द्रलाई कसरी व्यवस्थित गरी सहयोग जुटाउँदै लैजाने भन्ने बारेमा गरिएको अन्तक्रिया कार्यक्रममा सर्लाही क्षेत्र नम्वर २ का नवनिर्वाचित सभासद रामचन्द्र चौधरीले सर्पदंश उपचार केन्द्र नाफामुखी संस्था नभएर सेवामुखी संस्था भएकाले आफु पनि यसैक्षेत्रको भएका कारण केन्द्रको सफलताका लागी आफुलाई थप जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा नेकपा विकास एमाले सर्लाही क्षेत्र नम्वर ३ का नवनिर्वाचित सभासद् हरि उपे्रतीले केन्द्र चलाउनको लागी गैर सरकारी संस्थाको मुख ताक्नुभन्दा आफ्नै आन्तरिक स्रोत साधनलाई व्यवस्थित रुपले सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सर्लाही क्षेत्र नम्वर १ का एकिकृत नेकपा माओवादीका सभासद सम्भुलाल श्रेष्ठले केन्द्रको क्षमता विस्तार गर्दा दरवन्दी सहितको हुनुपर्ने बताए । कार्यक्रममा संस्था प्रति सहयोगको प्रतिवद्धता जनाउँदै तीनजानै नवनिवार्चित सभासदहरुले ५ हजार १ सय रुपैयाँको आजिवन सदस्यता समेत लिएका थिए ।
गतसाउनबाट सञ्चालनमा आएको केन्द्रले हालसम्म सर्लाही सहित आसपासका ७ जिल्ला र भारतको विहारका समेत गरी ३ सय ८८ जना सर्पदंशका बिरामीलाई सफल उपचार गर्न सफल भएको केन्द्रका सचिव सुब्बा खत्रीले जानकारी गराएका थिए । कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधी,नागरिक समाज, बुद्धिजिवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment