Monday, December 16, 2013

संमृृद्धिको छैठौं साधारण सभा सम्पन्न

संमृृद्धिको छैठौं साधारण सभा सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, पुस १ । समृद्धि बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पाठकको अध्यक्षता तथा केन्द्रीय बचत तथा ऋण सहकारी संघका प्रतिनिधि ध्रुब खनालको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले समृद्धिले बचत तथा ऋणको माध्यमबाट समुदायको आर्थिक प्रगतिमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले अब समाजको कुनै पनि सदस्य सहकारीबाट अलग भएर बस्नै नसक्ने बताए । आफ्नो आर्थिक प्रगतिको लागि सहकारीमा आबद्ध भएर कारोबार गर्न पनि उनले सबैलाई आग्रह गरे । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सर्लाही  अध्यक्ष बाबुराम घिमिरेले सहकारी संस्थाहरु पारदर्शी र लोकतान्त्रिक बन्नु पर्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार कमल बुढाथोकी, एकीकृत नेकपा माओवादीका नेता राजकुमार राय, सम्बृद्धि सहकारीका आन्तरिक लेखा परिक्षक रोचराज पोखरेल, शिक्षक उमेश उपाध्याय लगायतले मन्तब्य दिएका थिए ।
कार्यक्रममा संस्थाका सचिब सुरेश भट्टराईले संस्थाले आर्थिक बर्ष २०६९—०७० मा गरेको आय व्यय बिबरण प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक बर्षमा २ करोड ५५ लाख ८ हजार ७ सय ५६ रुपैयाँको कारोबार गरी १ लाख ८८ हजार १ सय ८८ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका प्रबन्धक चिरञ्जीबि भट्टराईले जानकारी दिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य श्यामबाबु कार्कीले आगामी आर्थिक बर्षको लागि ८ करोड १४ लाख ८ हजार ९ सय २१ रुपैयाँ बराबरको अनुमानित आय–व्यय बिवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा असल बचतकर्ता, खुत्रुके बचतकर्ता , असल ऋणी, नियमित बचतकर्ता लगायतलाई प्रमुख अतिथि धु्रब खनालले दोसल्ला ओडाएर सम्मान गरेका थिए । ५ सय ६४ जना शेयर सदस्य रहेको समृद्धिमा २ सय २७ जना महिला सदस्य रहेका छन् । संस्थाको शेयर पूँजि ४५ लाख ६४ हजार १ सय ५० रुपैयाँ रहेको छ । संस्थाका सदस्य अर्जुन पन्तको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष कल्याणी उप्रेतीले स्वागत गरेकी थिइन् ।

No comments:

Post a Comment