Monday, December 16, 2013

गौरीशंकरमा घोड्गधाको आतंक

गौरीशंकरमा घोड्गधाको आतंक
सर्लाही समाचारदाता
गौरीशंकर, पुष १ । खेतमा लगाएको तरकारी र अन्नबाली घोड्गधाले खाएर सखाप पारेपछि  गौरीशंकरका किसानहरु चिन्तित भएका छन् ।
रातका समयमा गाउँ देखी पश्चिम तर्फ रहेको जंगलबाट समुहमा आएर घोडगधाले अन्नबाली र तरकारी खाएर सखाप पारेको कृषकहरुको गुनासो छ । विगत एक हप्ता देखी घोडगधाले आफुहरुले लगाएको अन्नबाली सखाप पार्न थालेको स्थानीय किसान जयनाथ महतोले गुनासो गरे । घोडगधाले मुसुरो, रहरी, केराउ, काउली, मुला, गोलभेडा लगायत अन्य बालिनाली खाएर सखाप पारेको महतो बताए ।
तरकारी घोडगधाले खाएर सखाप पारेपछि दैनिक तरकारी बिक्री गरेर गुजारा चलाउने किसानहरु समस्यामा परेका छन् । १० कठ्ठा क्षेत्रफलमा लगाएको आँपको बिरुवा घोडगधाले खाएर सखाप पारेपछि स्थानीय किसान खड्ग प्रसाद पोखरेल निकै चिन्तित छन । अहिले घोडगधाले अन्नबाली खान थालेपछि किसानहरु रातको समयमा समते खेतमा गएर जागराम बस्न थालेका गौरीहशंकरका स्थानिय ढुन्डिराज पोखरेलले बताए । अघिल्ला वर्षहरुमा समेत त्यस क्षेत्रमा घोडगधाले किसानहरुलाई दुख दिएको थियो ।

No comments:

Post a Comment