अपहरणकर्ताको आरोपमा दोस्रो म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, पुस १४ । अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्ईजनालाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट दोस्रोपटक म्याद थप गरी कार्वाही प्रकृया अगाडी बढाएको छ ।
नेत्रगंज गाविस–६ का १५ वर्षिय धिरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा पक्राउ परेका धर्मेन्द्र यादव र विरेन्द्र ठाकुरलाई जिल्ला अदालतबाट दोस्रोपटक आइतबार जिल्ला अदालतबाट सात दिन म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेत्रगंज गाविस–६ का धर्मेन्द्र यादव र वेल्ही गाविस–३ निवासी विरेन्द्र ठाकुरलाई प्रहरीले गत विहिबार पक्राउ गरेको थियो ।
पुरानो घर संग्रामपुर गाविस–९ मा रहेका र हाल नवलपुरमा बसोबासरत रामपुकार यादवका छोरा धिरेन्द्रलाई गत मंसिर २३ गते अपहरण गरेको बताईएको छ । शौचालय जाने क्रममा गत पुस १ गते सोमबार आफू भाग्न सफल भएको धिरेन्द्रले जाहेरीमा उल्लेख गरेका छन् । धिरेन्द्रले पक्राउ परेका दुईजना सहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ ।
गत मंसिर २३ गते दिउँसो दुईबजे नवलपुरदेखि केही दक्षिण लर्डब्राईट बोर्डिङ स्कुल नजिक बोलाएर आफूलाई अपहरण गरेको धिरेन्द्रले बताएका छन् । पक्राउ परेका धर्मेन्द्र अपहरित भनिएका धिरेन्द्रकै छिमेकी हुन् । फोन गरेर बोलाएपछि पुग्ने वितिकै मोटरसाईकलमा राखेर आफूलाई लगेको धिरेन्द्रले प्रहरी समक्ष बयानमा बताएका छन् ।
ब्रम्हपुरी लगायत विभिन्न स्थानमा बन्धक बनाएर राखेको धिरेन्द्रको दावी छ । अपहरण तथा शरिर बन्धक अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको र आरोपीत अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । घटनाबारे विस्तृतमा अनुसन्धान प्रकृया जारी रहेको समेत प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment