अनुगमन तालिम सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, पुस १४ । जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, योजना शाखाका कर्मचारी र कम्प्युटर अपरेटरहरुका लागी गरिवी अनुगमन विश्लेषण प्रणाली बारेमा ४ दिने तालिम लालबन्दीमा सम्पन्न भएको छ । जिल्ला विकास समितिको कार्यालय सर्लाहीको आयोजनामा भएको तालिममा कार्यालबाट गरिएको कामबाट सेवाग्राहीमा भएका लाभान्वित वारेमा बुझेर रिपोर्ट तयार पार्न सिकाईएको छ ।
तालिममा जिल्ला विकास समिती सिन्धुली सुचना शाखा प्रमुख दिपक कार्की र उदयपुर जिल्ला विकास समितीका सुचना शाखा सहायक प्रमुख सन्तोष पौडेलले प्रशिक्षण भएको थियो । तालिममा प्राविधिक तथा आर्थिक सहयोग यूएनएफपिए नेपालले गरेको जिल्ला विकास समिती सर्लाहीका सुचना अधिकृत पुष्करमणी घिमिरेले जानकारी दिए । तालिलमा ३० जना सहभागी भएका थिए ।
No comments:
Post a Comment