Tuesday, December 17, 2013

मानवअधिकारबारे अन्तरक्रिया

मानवअधिकारबारे अन्तरक्रिया
सर्लाही समाचारदाता
मलंगवा, पुस २ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मंगलबार सदरमुकाम मलंगवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘मानव अधिकार संरक्षण र संबद्र्धनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया नेपाल बार एशोसियशन सर्लाहीको सभाहलमा विहान भएको हो । नेपाल बार एशोसियनशन सर्लाहीको सहआयोजना रहेको कार्यक्रममा मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक बुद्धनारायण सहनीको सभापतित्व एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त रामनगिना सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला अदालतका न्यायाधिशहरु मुरारीबाबु श्रेष्ठ, शंकरराज बराल र दलबहादुर केसी तथा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई, नेपाली कांग्रेसका सभापति लक्ष्मण राय, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं नव निर्वाचित सभासद् जंगीलाल राय, नागरिक समाजका अगूवा उग्रकान्त झा, महिला नेतृ शुभद्रा देवी लगायतको उपस्थिती रहेको आयोगका अजित ठाकुरले बताए । वक्ताहरुले मानव अधिकारको संरक्षण र संवद्र्धनप्रति सबैले गम्भिर हुनुपर्ने भनाई राखेका थिए ।

No comments:

Post a Comment