Tuesday, December 17, 2013

बरहथवा गाविसमा खड्का प्रमुख

बरहथवा गाविसमा खड्का प्रमुख
सर्लाही समाचारदाता
बरहथवा, पुस २ । जिल्लाकै सबैभन्दा बढी आन्तरिक आम्दानी भएको बरहथवा गाविसमा घनश्याम खड्काले प्रमुखको कार्यभार सम्हालेका छन् ।
स्थानीय विकास मन्त्रालयले आन्तरिक आम्दानी बढी भएका जिल्ला स्थित ४ वटा गाविसहरुमा शाखा अधिकृत स्तरका कर्मचारी प्रमुख हुने व्यवस्था गरेपछि बरहथवाको प्रमुखमा खड्का आएका हुन् ।  खड्काले गत आईतबारबाट गाविस सचिवको कार्यभार सम्हालेको बताईएको छ । यसअघि कमल पौडेलले बरहथवाको सचिवको जिम्मेवारी सम्हालिरहेका थिए ।
जिल्ला स्थित हरिवन, इश्वरपुर र लालबन्दी गाविसमा पनि निकट भविष्यमै शाखा अधिकृतले प्रमुखको कार्यभार सम्हाल्ने जिविस स्रोतले जनाएको छ । जिविस स्रोतका अनुसार हरिवनमा स्वास्थ्य मन्त्रालयबाट केदार दाहाल, इश्वरपुरमा जिल्ला वन कार्यालय सर्लाहीमा कार्यरत मदन थिङ र लालबन्दीमा जिल्ला शिक्षा कार्यालयमा कार्यरत शम्भु ठाकुरले प्रमुखको कार्यभार सम्हाल्ने करिब–करिब पक्का भईसकेको छ । लालबन्दीमा भने कृष्ण दाहालले पनि प्रयास गरिरहेको स्रोतले जनाएको छ ।
आन्तरिक आम्दानी, जनसंख्या बढी भएका र निकट भविष्यमै नगरपालिका घोषणा हुने भएकाले ४ वटा गाविसमा शाखा अधिकृत स्तरको कर्मचारीलाई मन्त्रालयले गाविस सचिवको रुपमा खटाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment