सचिवलाइ बालमैत्री र स्थानीय शासन
सर्लाही समाचारदाता
मलंगवा, पुस १ । जिल्लाका २५ गाविसका सचिवहरुको सहभागितामा सोमबार एकदिने बाल अधिकार तथा बालमैत्री स्थानीय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाविसमा योजना तर्जुमा बालबालिकाको लागि छुटिने रकम बालबालिकाको लागि भन्दा पनि अन्यत्र खर्च भईरहेको अवस्थामा बालमैत्री स्थानीय शासन कार्यविधि २०६८ र निर्देशिका २०६८ मा भएको व्यवस्था सम्वन्धि अभिमुखीकरण गरी त्यही अनुरुप बजेट विनियोजना गर्ने वातावरणको लागि कार्यक्रमको आयोजना गरिको जिल्ला बालअधिकार अधिकृत अम्विका पौडेलले जानकारी दिइन् ।
गाँउ बाल संरक्षण समिति गठन भएका ५ गाविसहरु, रानीगंज, नेत्रगंज, ढुङ्ग्रेखोला, भेल्ही र सिसौटिया तथा अन्य २० गाविसहरुका सचिवहरुको उपस्थिति रहेको थियो ।
गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्त लाल कर्णले अवदेखी सवै गाविसमा बालबालिकाको लागि निर्देशनमा भएको व्यवस्था अनुरुपनै खर्च गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी श्री उमेश बस्नेतले जिल्लाका सबै क्षेत्रमा बालबालिकाको रकम बालबालिकाको लागि नै खर्च गर्नु पर्ने निर्देशन दिएको बताए । कार्यक्रममा महिला विकास अधिकृत श्री निरु लक्ष्मी श्रेष्ठले बालअधिकारका बारेमा जानकारी दिएका बालअधिकार अधिकृत पौडेलले जानकारी दिइन् ।
No comments:
Post a Comment