Friday, December 20, 2013

सुरक्षाकर्मीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्धा

सुरक्षाकर्मीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्धा
सर्लाही समाचारदाता
हरिपुर, पुस ५ । ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात गर्नेहरुमाथि प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाएको छ ।
सुरक्षाकर्मी माथि हातपात गरेको आरोपमा विहिबार नवलपुरबाट पक्राउ परेका दुईजनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको लागि म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको हो । सिराहा जिल्ला करजाना गाविस–६ का २० वर्षिय संजय कुमार महतो र सर्लाहीकै अत्रौली गाविस–६ का १९ वर्षिय रामखेलावन महतो विरुद्ध प्रहरीले कार्वाही प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । महतोद्वयले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत हबल्दार दुर्गा श्रेष्ठ र जवान राजीव सिंह तथा इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत हबल्दार रेखबहादुर तामाङमाथि हातपात गरेको बताईएको छ ।
अत्रौलीहुँदै उत्तरतर्फबाट आउने क्रममा महतोद्वय चढेको ज. ४ प २०८४ नम्बरको मोटरसाईकलले नवलपुर चोकबाट उत्तरतर्फ गईरहेको साईकललाई ठक्कर दिएपछि ड्यूटीमा रहेका ट्राफिक प्रहरी हबल्दार श्रेष्ठ तथा जवान सिंह र नेपाल प्रहरीका हबल्दार तामाङले कागजात माग्ने क्रममा उनीहरुसँग विवाद भएको थियो । सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ नदिएपछि ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिने क्रममा आक्रोशित बनेका महतोद्वयले तथानाम धम्की दिदै तीनैजना सुरक्षाकर्मीमाथि हातपात गरेका थिए ।

No comments:

Post a Comment