तस्करी सामाग्री पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, पुस १४ । त्रिभुवननगर नाकाबाट आइतवार सशस्त्र प्रहरीले तस्करीबाट आउदै गरेका सामाग्री पक्राउ गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ४६ लिटर खानेतेल र तीनवटा ग्याँस चुलो बोडर आउट पोष्ट त्रिभुवननगरको गस्ती टोलिले बरामत गरेको हो । साईकलमा सामान ल्याउँदै गरेका व्यक्ति भने प्रहरीलाई देखेपछि सामाग्री छोडेर भागेका सशस्त्र प्रहरी नायव निरिक्षक प्रमोद सिंहले जानकारी दिए । बरामत गरिएको सामान जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । पछिल्लो समयमा जिल्लामा भारतबाट खुल्ला नाकाहुँदै भन्सार छलेर माल सामान ल्याउने क्रम बढ्दै गएको छ ।
No comments:
Post a Comment