Wednesday, December 18, 2013

चिसो बढ्यो

चिसो बढ्यो
सर्लाही समाचारदाता
हरिवन, पुस ३ । केही दिनयता चिसो बढेपछि सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ ।
वादल र सामान्य कुहिरो एवं तुवालोका कारण चहकिलो घाम नलागेपछि चिसो बढेकाले जनजिवन कष्टकर बन्दै गएको हो । चिसो बढेपछि सार्वजनिक स्थलहरुमा चहलपहल घट्न थालेको छ भने आगो ताप्ने क्रम सुरु हुन थालेको छ ।
चिसोका कारण स्वास्थ्य केन्द्रहरुमा विरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । रुघाखोकी, निमोनिया लगायतका विरामीहरुको चाप बढ्न थालेको बताईएको छ । त्यस्तै चिसो बढेपछि धोएका लुगाहरु नसुक्ने समस्याबाट समेत सर्वसाधारण पीडित बन्न थालेका छन् ।
त्यस्तै चिसो बढेपछि अन्नबाली एवं तरकारी खेतीमा विभिन्न प्रकोपहरु देखापर्न सुरु भएको किसानहरुले बताएका छन् ।

No comments:

Post a Comment