सन्दर्भ ः अन्तर्राष्ट्रिय आप्रवासन दिवस
हरिवनमा दोहोरी ः मलंगवामा ¥याली
सर्लाही समाचारदाता
हरिवन, पुस ३ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१३ को अवसरमा हरिवन र मलंगवामा बुधबार सरोकारवाला विभिन्न संघ संस्थाहरुको आयोजनामा कार्यक्रमहरु भएका छन् ।
हरेक वर्ष १८ डिसेम्बरका दिन पर्ने अन्तर्राष्ट्रिय आप्रवासन दिवस यसवर्ष साताव्यापी विभिन्न कार्यक्रमहरु गर्दै बुधबारबाट सम्पन्न भएको छ । जसअन्तर्गत अन्तिम दिन बुधबार हरिवनमा दोहोरी एवं विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण एवं मलंगवामा ¥याली एवं विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
हरिवन स्थित सुर्ती विकास कम्पनीको चौरमा स्थानीय विकास अधिकारी उमेश बस्नेतको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हरिवन गाविसका सचिव राजकुमार थापा, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख, ग्रामिण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष सुधा चालीसे लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा वैदेशिक रोजगार सम्बन्धी चेतनामुलक दोहोरी एवं खैजडी भजन समेत प्रस्तुत गरिएको ग्रामिण नारी उत्थान संघका कर्मचारी मदन बर्माले बताए । त्यस्तै खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय चित्रकला र हाँजिरीजवाफ प्रतियोगिता तथा श्रोता क्लब स्तरीय निबन्ध प्रतियोगिताका विजयीहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो । यसअघि हरिवनमा वैदेशिक रोजगार सम्बन्धी विभिन्न प्लेकार्डहरु सहित ¥याली समेत गरिएको आयोजक संस्थाका दिपेश बरालले बताए । सोही अवसरमा सदरमुकाम मलंगवामा पनि ¥याली र विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको आप्रबासी हकहित संरक्षण केन्द्र सर्लाहीका अध्यक्ष रामनाथ साहले बताए । कार्यक्रमहरु ग्रामिण नारी उत्थान संघ हरिपुर, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा र सहयोगी समाज नेपाल हरिवनको आयोजना तथा श्रम तथा रोजगार मन्त्रालय एवं सामि हेल्भेटासको सहयोगमा भएको थियो । यसवर्ष ‘सीप, सूचना र अभिमुखीकरण ः सुरक्षित र मर्यादित आप्रवासन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईएको थियो ।
No comments:
Post a Comment