वन अधिकृतलाई कुशवाहा समाजको सम्मान
सर्लाही समाचारदाता
नवलपुर, पुस २ । नेपाल कुशवाहा कल्याण समाज सर्लाही २ नम्बर क्षेत्रीय समितिले मंगलबार जिल्ला वन अधिकृत रामपृत मौर्यलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
नवलपुर स्थित वागवानी केन्द्रको सभाहलमॉकुशवाहा भेटघाट तथा सम्मान कार्यक्रम’ को आयोजना गरी सर्लाही वन कार्यालयका प्रमुख मौर्यलाई सम्मान गरिएको हो । क्षेत्रीय अध्यक्ष रामचन्द्र कुशवाहा महतोको सभापतित्व एवं सम्मानित जिवअ रामपृत मौर्यको प्रमुख आतिथ्यता तथा समाजका जिल्ला अध्यक्ष लक्ष्मण महतोको विशिष्ट आत्थ्यितामा कायक्रम भएको थियो ।
कुशवाहा समुदायबाट जिल्ला वन अधिकृत जस्तो गरिमामय सरकारी पदमा पुगेर अवकाश पाउन लागेको भन्दै मौर्यलाई कुशवाहा कल्याण समाजले सम्मान गरेको हो । कार्यक्रममा उपस्थित समाजका पदाधिकारीहरुले फूलमाला एवं अबीर लगाएर तथा दोसल्ला ओढाएर मौर्यलाई सम्मान गरेका थिए । समाजका पूर्व जिल्ला अध्यक्ष एवं तराई मधेश सद्भावना पार्टी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहा, समाजका पूर्व केन्द्रीय प्रतिनिधि एवं पूर्व प्रअ पुहुप नारायण महतो, मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सदस्य अशोक सिंह कुशवाहा, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति रामचन्द्र कुशवाहा, जनता मावि नवलपुरका प्रधानाध्यापक रामपृत महतो लगायतले बोलेका थिए ।
शिक्षा विना कुनैपनि समुदायको हक हित हुन नसक्ने भन्दै वक्ताहरुले कुशवाहा समाजको उत्थानका लागि आ–आÇना बालबालिकालाई शिक्षामा बढी जोड दिन आग्रह गरे । अरु माथि अनेकौं खाले आरोप प्रत्यारोप गर्नुभन्दा आ–आÇना छोराछोरीको गुणस्तरीय शिक्षामा बढी जोड दिएर दक्षता एवं योग्यता हाँसिल गर्नुपर्ने वक्ताहरुको धारणा रहेको थियो । कुशवाहा समुदायमा बालविवाह, दाईजो जस्ता कुसंस्कार व्याप्त रहेको उल्लेख गर्दै त्यस्तो प्रथा अन्त्य गर्दै शिक्षामा बढी जोड दिनुपर्ने वक्ताहरुको आग्रह थियो ।
२०४२ सालमा सहायक वन अधिकृतबाट सरकारी सेवा सुरु गरेका जिल्ला वन अधिकृत मौर्यको आगामी पुस १४ गते सर्लाहीमै कार्यरत अवस्थामा अवकाश पाउँदैछन् ।
No comments:
Post a Comment