आइजीपी अर्याल किन रिसाए ?
काठमाडौं, पुस २ । आफु मातहतका प्रहरीलाई आर्थीक अनुशासनमा राख्न नसकेको भन्दै प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल महानगरिय प्रहरी आयुक्त कार्यालय र कार्यालय मातहतका प्रहरी कार्यालयका प्रमुखसँग रिसाएका छन्। प्रहरीमा सरुवा र बढुवाको तयारी तिब्र बनेको अवस्थामा आइजीपी अर्यालले डिआइजीदेखि डिएसपीसम्मका प्रहरी अधिकृतलाई सोमवार बेलुका प्रहरी प्रधान कार्यालयमा भेला पारेर थर्काएका हुने ।
आफ्नो सामान्य निर्देशनको समेत पालना नभएको भन्दै उनले आयुक्त कार्यालयका डिआइजीसँग झोक्किदै यस्तै पारा हो भने एक घन्टामा आयुक्तका प्रहरी जवानदेखी डिआइजीसम्मलाई फेर्ने चेतावनी दिँदा आयुक्त कार्यालयका डिआइजी विश्वराजसिंह शाही मुख रातो बनाएर बसेका थिए ।
स्रोतका अनुसार थानकोट नाकामा रहेका सईले बदमासी गरेको सूचना आइजी सचिवालयमा आएपछि उनले तत्काल उनको सरुवा गर्न आयुक्त कार्यालयलाई निर्देशन दिएपनि पालना भएको थिएन । सामान्य निर्देशन समेत पालना नभएको जानकारी आएपछि उनले कडा चेतावनीदिँदै जिम्मेवारीवाट हट्न मानसिक रुपमा तयार रहन बताएका थिए ।
स्रोतका अनुसार प्रहरी सर्वसाधारणसँग नजिक हुनुको सट्टा अपराधी र तस्करसँग रमाउँदाछवी विग्रदै गएको भन्दै आक्रोश पोखेका थिए । उनले निर्देशनमा प्रहरी तस्करको भरिया नभई कानुन परिपालना गर्ने निकाय भएकाले सोही अनुसारको जिम्मेवारीमा रहन समेत चेतावनी दिएका थिए । उपत्यकाका तीन जिल्लाका प्रहरी प्रमुखको कार्यब्यवहार ब्यक्तिगत कोणमा सकारात्मक भए पनि आफुमातहका बृत्त र प्रभागका प्रमुखलाई आर्थीक अनुशासनमा राख्न नसकेकोमा आइजीपी अर्याल बढी रिसाएका थिए । उनले प्रभावमुक्त भएर काम गर्न निर्देशन दिँदै काम गर्न नसक्नेले जिम्मेवारीबाट मुक्त हुन तयार रहन चेतावनी दिए ।
आपराधिक सूचना संकलनमा परिचालीत हुनुपर्ने घुमुवा पैसा उठाउन परिचालितहुँदा संगठननै बदनाम भएको भन्दै उनले घुमुवा नराख्न निर्देशन दिए । तत्काल घुमुवा नहटाउने हो भने कारवाहीको भागिदार बन्न सचेत गराएको स्रोतले बतायो। (अपराधडटकम)
No comments:
Post a Comment