Saturday, December 21, 2013

विद्यालयमा शान्ति क्षेत्र

विद्यालयमा शान्ति क्षेत्र
लालबाबु राय÷सर्लाही दैनिक
मलंगवा पौष ६ । सदरमुकाम मलंगवामा शनिबार आयोजित एक कार्यक्रमका बीच जिल्लाका ८१ वटा विद्यालयमा शान्ति क्षेत्र घोषणा भएको जानकारी गराईएको छ ।
जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको विद्यालय शान्ति क्षेत्र सम्बन्धी गोष्ठीमा सो जानकारी गराईएको हो । जिल्लाका थप २० वटा विद्यालयलाई पनि  शान्ति क्षेत्र घोषणा गर्ने प्रयास भइरहेको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । युनिसेफको सहयोगमा शिक्षा कार्यालयद्वारा आयोजित कार्यक्रममा शिक्षा अधिकारी राजकुमार विश्वकर्मा र श्रोत व्यक्ति कमलेश कर्णले विद्यालय शान्ति क्षेत्रको बारेमा प्रश्ट्याएका थिए ।

No comments:

Post a Comment