मतदान ८१.६८ प्रतिशत, सदर ९५.२ प्रतिशत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १६ । गत मंसिर ४ गते सम्पन्न संविधानसभा सदस्यको निर्वाचन २०७० मा सर्लाहीमा प्रत्यक्षतर्फ ३ लाख २० हजार ६ सय ४९ जना मतदाता मध्ये २ लाख ६१ हजार ८ सय ९१ जनाले मतदान गरेका छन् । जुन् कुल मतदाताको ८१.६८ प्रतिशत हो । जसमा पुरुष १ लाख ३० हजार ३ सय ३ र १ लाख ३१ हजार ५ सय ८८ महिला मतदाताले भाग लिएका छन् । जसमध्ये २ लाख ४९ हजार ३ सय २५ मत सदर भएको छ । जुन खसेको मतको ९५.२ प्रतिशत हो । २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा भने ६९.१७ प्रतिशत मात्र मत खसेको थियो भने खसेको मध्ये ९३.९२ प्रतिशत मत सदर भएको थियो ।
क्षेत्र नं. १ मा ५१ हजार २ सय ७८ मतदाता मध्ये ४० हजार ६ सय ४८ जनाले मतदान गरेका छन् । जुन् ७९.३४ प्रतिशत हो । जसमा पुरुष मतदाता १९ हजार ९ सय २ र महिला मतदाता २० हजार ७ सय ८२ जनाले मतदान गरेका थिए । जस्मा ३८ हजार १ सय १६ मत सदर भएको छ । जुन खसेको मतको ९३.६९ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. २ मा ५५ हजार ७९ मतदाता मध्ये ४३ हजार ७ सय ९७ ले मतदान गरेका छन् । जुन् ७९.५ प्रतिशत हो । मतदानमा २१ हजार ३ सय ३८ पुरुष तथा २२ हजार ४ सय ५९ महिलाले मतदान गरेका थिए । खसेको जम्मा मत मध्ये ४१ हजार ३ सय ७९ मत सदर भएको छ । जुन् खसेको मतको ९४.४८ प्रतिशत हो ।
त्यसैगरी क्षेत्र नं. ३ मा ५४ हजार ८ सय १९ मतदाता मध्ये ४५ हजार २८ जनाले मतदान गरेका छन् । जुन् ८२.१४ प्रतिशत हो । मतदानमा २२ हजार ३ सय ९४ पुरुष तथा २२ हजार ६ सय ३४ महिलाले मतदान गरेका थिए । खसेको जम्मा मत मध्ये ४२ हजार ६ सय ३ मत सदर भएको छ । जुन् खसेको मतको ९४.६१ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ४ मा ५४ हजार १ सय ४७ मतदाता मध्ये ४४ हजार ५ सय ९५ जनाले मतदान गरेका छन् । जुन् ८२.३६ प्रतिशत हो । मतदानमा २२ हजार ६ सय १४ पुरुष तथा २१ हजार ९ सय ८१ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४२ हजार ३ सय ४१ मत सदर भएको छ । जुन खसेको मतको ९४.९५ प्रतिशत हो ।
त्यसैगरी क्षेत्र नं. ५ मा ५३ हजार १ सय ७१ मतदाता मध्ये ४४ हजार ७ सय ५९ जनाले मतदान गरेका छन् । जुन् ८४.१८ प्रतिशत हो । मतदानमा २२ हजार ५ सय ८९ पुरुष तथा २२ हजार १ सय ७० महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४३ हजार २ सय ९० मत सदर भएको छ । जुन् खसेको मतको ९६.७८ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ६ मा ५२ हजार १ सय ५५ मतदाता मध्ये ४३ हजार २८ जनाले मतदान गरेका छन् । जुन् ८२.५० प्रतिशत हो । मतदानमा २१ हजार ४ सय ६६ पुरुष तथा २१ हजार ५ सय ६२ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा प्रत्यक्षतर्फ खसेको मत मध्ये ४१ हजार ५ सय ९६ मत सदर भएको छ । जुन् ९६.६७ प्रतिशत हो ।
त्यसैगरी समानुपातिकतर्फ भने ३ लाख २६ हजार ४ सय ५१ मतदाता मध्ये २ लाख ६७ हजार ५ सय ३५ जनाले मतदान गरेका छन् । जुन् कुल मतदाताको ८१.९५ प्रतिशत हो । समानुपातिकतर्फको मतदानमा १ लाख ३३ हजार ६ सय २२ पुरुष तथा १ लाख ३३ हजार ९ सय १३ जना महिला मतदाता सहभागि भएका थिए । जसमध्ये २ लाख ६० हजार १ सय ५१ मत सदर भएको छ । जुन् खसेको मतको ९७.२४ प्रतिशत हो । निर्वाचनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सुरक्षाकर्मीहरु र कर्मचारीहरुले समेत मतदान गर्ने हुनाले प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ बढी मतदाता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
समानुपातिकतर्फ क्षेत्र नं. १ मा ५२ हजार २ सय ८६ मतदाता मध्ये ४१ हजार ७ सय १ जनाले मतदान गरेका छन् । जुन् कुल मतदाताको ७९.७६ प्रतिशत हो । जसमा पुरुष मतदाता २० हजार ४ सय १० र महिला मतदाता २१ हजार २ सय ९१ ले मतदान गरेका थिए । खसेकोमध्ये ४० हजार २० मत सदर भएको छ । जसअनुसार सदर मत प्रतिशत ९५.९७ हो ।
त्यस्तै क्षेत्र नं. २ मा ५६ हजार ३ सय ३० मतदाता मध्ये ४५ हजार २ सय ७० जनाले मतदान गरेका छन् । जुन् ८०.३७ प्रतिशत हो । मतदानामा २१ हजार ५ सय ४९ पुरुष तथा २३ हजार ७ सय २१ महिला मतदाता रहेका थिए । खसेको जम्मा मत मध्ये ४३ हजार ६ सय ३९ मत सदर भएको छ । जुन् खसेको मतको ९६.४० प्रतिशत हो ।
त्यसैगरी क्षेत्र नं. ३ मा ५५ हजार ६ सय ६२ मतदाता मध्ये ४५ हजार ८ सय ७१ जनाले मतदान गरेका छन् । जुन् ८२.४१ प्रतिशत हो । मतदानमा २३ हजार २ सय ३४ पुरुष तथा २२ हजार ६ सय ३७ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४४ हजार ३ सय ६० मत सदर भएको छ । जुन् खसेको मतको ९६.७१ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ४ मा ५५ हजार ४ सय ३६ मतदातामा ४५ हजार ४ सय ८९ जनाले मतदान गरेका छन् । जुन् ८२.०६ प्रतिशत हो । मतदानमा २३ हजार २ सय ५४ पुरुष तथा २२ हजार २ सय ३५ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४४ हजार ४ सय ३१ मत सदर भएको छ । जुन् खसेको मतको ९७.६७ प्रतिशत हो । त्यसैगरी क्षेत्र नं. ५ मा ५३ हजार ५ सय ७३ मतदाता मध्ये ४५ हजार १ सय ६५ जनाले मतदान गरेका छन् । जुन् ८४.३१ प्रतिशत हो । मतदानमा २२ हजार ८ सय ९० पुरुष तथा २२ हजार ३ सय ५६ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा समानुपातिकतर्फ खसेको मत मध्ये ४४ हजार ५ सय ४ मत सदर भएको छ । जुन् ९८.५४ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ६ मा ५३ हजार १ सय ६४ मतदाता मध्ये ४४ हजार ३९ जनाले मतदान गरेका छन् । जुन् ८२.८४ प्रतिशत हो । मतदानमा २२ हजार ३ सय ६६ पुरुष तथा २१ हजार ६ सय ७३ महिला मतदाता रहेका थिए । सो क्षेत्रमा खसेको मत मध्ये ४३ हजार १ सय ९७ मत सदर भएको छ । जुन् ९८.०९ प्रतिशत हो ।
फोटो सहितको मतदाता परिचय पत्र लागू भएकाले र मतदाता शिक्षा कार्यक्रमको प्रभावका कारण २०६४ को निर्वाचनभन्दा यसपटकको निर्वाचनमा मतदान प्रतिशत एवं सदर मत प्रतिशत बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment