Wednesday, December 4, 2013

लैङ्गिक हिंसा तालिम सम्पन्न

लैङ्गिक हिंसा तालिम सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १९ । सदरमुकाम मलंगवामा बुधबार योजना तर्जुमा प्रजनन् स्वास्थ्य सार्वजनिक सेवा एवं लैङ्गिक हिंसा सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
स्नातक तहमा अध्ययनरत ३० जना विद्यार्थीहरुको तालिममा सहभागिता रहेको थियो । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका १० जना, बरहथवामा रहेको शुभजनता बहुमुखी क्याम्पसका १० जना र मलंगवाको सर्लाही क्याम्पसका १० जना छात्र छात्राहरुको तालिममा सहभागिता रहेको थियो । तालिममा सहभागि छात्रछात्राहरु लाई लैङ्गिक हिंसा तथा प्रचनन स्वास्थ्यको बारेमा प्रशिक्षण दिईएको आयोजकले जनाएको छ । तालिम  मंसिर १७ गतेबाट शुरु भएको थियो ।

No comments:

Post a Comment