अन्न भण्डारमा घट्यो यसवर्ष धान उत्पादन्
उचित वर्षात नभएका कारण यसवर्ष धानको उत्पादनमा निकै कमि आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार उचित वर्षा नहुँदा बागमति र मनुष्मारा सिंचाई आयोजनाको कमाण्ड क्षेत्र बाहेक जिल्लाको सुदूर पूर्वी एवं दक्षिणी क्षेत्रमा धान रोपाई नै कम भएको र रोपाई भएका खेतहरुमा पनि अत्यन्त कम उत्पादन भएको छ । जिल्लामा झण्डै ४० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीले यसवर्ष प्रतिहेक्टर तीन मेट्रिक टन धान हाराहारीमा उत्पादन भएको हुन सक्ने अनुमान गरे । उनका अनुसार विगत वर्षहरुमा कम्तिमा साँढे तीन मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन परिमाण रहने गरेको थियो । यसवर्ष धान उत्पादनमा २५ देखि ३० प्रतिशतले कमि हुने कृषि प्रमुख तिवारीले बताए । धान लगायत अन्नको भण्डार मानिने सर्लाही सहित तराईका जिल्लाहरुमा यसवर्ष धान उत्पादनमा निकै कमि आएको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment