उद्धार समितिका सदस्यलाई प्रजनन तालिम
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २५ । जिल्ला दैवि प्रकोप उद्धार समितिका पदाधिकारी सहित सदस्यहरुलाई प्रारम्भिक न्यूनतम प्रजनन स्वास्थ्य सम्बन्धी दुई दिने तालिम मंगलबारबाट सुरु भएको छ ।
प्रकोप भएका बेला स–साना बच्चा एवं गर्भवती महिलाहरुको सहजीकरणका लागि न्यूनतम सेवा कसरी दिन सकिन्छ भन्ने बारेमा समितिका सदस्यहरुलाई तालिम दिईएको हो ।
तालिममा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, स्थानीय विकास अधिकारी उमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, महिला तथा बालबालिका कार्यालयकी प्रमुख निरुलक्ष्मी श्रेष्ठ, स्थानीय शान्ति समितिकी संयोजक भवानी कोइराला सहित समितिका सदस्य रहेका सरकारी विकासे कार्यालयका प्रमुखहरु, सरोकारवाला रेडक्रस सोसाईटी, नेपाल परिवार नियोजन संघ लगायत गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
तालिमको उद्घाटन स्थानीय विकास अधिकारी बस्नेतको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । संयुक्त राष्ट्र जनसंख्या विकास कोषको सहयोग एवं जिल्ला विकास समितिको कार्यालयको आयोजनामा तालिम सुरु गरिएको जिविसका कार्यक्रम अधिकृत पुष्करमणि घिमिरेले बताए ।
No comments:
Post a Comment