Monday, December 2, 2013

नारायण उमाविमा कम्प्युटर कक्षा

नारायण उमाविमा कम्प्युटर कक्षा
सर्लाही समाचारदाता
इश्वरपुर, मङ्सिर १७ । नारायण उमावि एवं नारायण बहुमुखी क्याम्पस इश्वरपुरमा सोमबारदेखी कम्यूटर कक्षा शुरु भएको छ ।
त्यसै विद्यालयका पूर्व विद्यार्थी डा. हरिकृष्ण उपाध्यायले निःशुल्क ७ थान एवं पूर्व प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन मैनालीले उपलब्ध गराएको १ थान कम्प्युटरबाट कक्षा सञ्चालन सुरु गरिएको विद्यालयले जनाएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई कम्प्युटर कक्षामा सहभागि गराईने बताईएको छ । हाल सिब्रेट कम्पनीमा कार्यरत उपाध्यायले आफूले पढेको विद्यालयलाई सहयोग स्वरुप ७ थान कम्प्युटर उपलब्ध गराएका हुन् ।
सोमबार एक कार्यक्रमका विच हरिप्रसाद उप्रेतीले कम्प्युटर कक्षाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा चितरन्जन साह, खेम श्रेष्ठ, विद्यानन्दन झा लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो । कम्प्युटर कक्षा सुरु भएपछि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु थप लाभान्वित हुने भएका छन् ।

No comments:

Post a Comment