Sunday, December 8, 2013

महिला हिंसा विरुद्ध संचेतना कार्यक्रम

महिला हिंसा विरुद्ध संचेतना कार्यक्रम
सर्लाही समाचारदाता
हरिपुर, मङ्सिर २३ । महिला माथि हुने हिसां न्यूनिकरणका लागी चेतना अभिवृद्धि सहित आइतबार ¥याली निकालिएको छ ।
महिला हिसां अन्त्यका लागि १६ दिने अभियान संगै हरिपुर स्थित ग्रामीण नारी उत्थान संघले आइतबार महिला सहभागीताको ¥यालीले हरिपुर र लक्ष्मीपुर परिक्रमा गरेको थियो ।
  महिला हक अधिकार सम्वन्धि र हिसां विरुद्धका नाराकासाथ ¥याली लक्ष्मीपुर गाविस भवनको प्राङगणमा आम सभामा परिणत भएको थियो ।
संस्थाकी अध्यक्ष  सुधा चालिसेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा क्षेत्र नं. २ का नवनिर्वाचित सभासद रामचन्द्र चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका अतिथिहरु क्रमशः जिल्ला वाल कल्याण समिती सर्लाहीका अधिकृत अम्विका पौडेल, समाज कल्याण परिषदका अधिकृत सुशिल चौधरी, महिला अधिकार मंच सर्लाहीका कोषाध्यक्ष बुक कुमारी थापा, सुरक्षित आप्रवान परियोजनाको जिल्ला संयोजक  विजय ठाकुर, पंडित द्विजेन्द्र कोइराला, आरएनएन सर्लाहीका प्रतिनिधि, जिल्ला विकास समिती सर्लाहीका सामाजीक परिचालक लगायतले महिला हिंसा विरुद्ध मन्तव्य दिएका थिए । प्रमुख अतिथि चौधरीले नागरीक शिक्षामा जोड दिदै, नँया वन्ने सविधानमा महिला हक अधिकार स्पष्ट उल्लेख गर्न पहल गर्ने प्रतीवद्धता जनाएका थिए ।

No comments:

Post a Comment