Sunday, December 8, 2013

बलात्कार आरोपमा प्रहरीमाथि कार्वाही सुरु

बलात्कार आरोपमा प्रहरीमाथि कार्वाही सुरु
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २३ । सामुहिक रुपमा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित किशोरीको तर्फबाट तीन प्रहरी जवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालयले नाम किटान भएका प्रहरीलाई कार्वाही प्रकृया अगाडी बढाएको छ ।
संजीत कार्की, राजकुमार फुयाँल, र अरवीन्द महतो विरुद्ध जिल्ला प्रहरी कार्यालयले जवरजस्ती करणी मुद्धामा कार्वाही प्रकृया अगाडी बढाएको हो । उनीहरुलाई जिल्ला अदालतबाट आगामी मंगलबार सम्म पाँच दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
पीडित किशोरीको बयानका आधारमा महिला तथा बालबालिका कार्यालय मलंगवा
अन्तर्गत महिला शान्ति केन्द्रले गत शुक्रबार तीनजना प्रहरी एवं तीनजना रात्रीबसका मजदुरहरुको नाम सहित १२ जनाले सामुहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको थियो । किटानी जाहेरीमा नाम उल्लेख भएका अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित १६ वर्षे किशोरी हाल महिला तथा बालबालिका कार्यालय अन्तर्गत महिला शान्ति केन्द्रको संरक्षणमा रहेकी छिन् । ती किशोरीलाई सदरमुकाम मलंगवा स्थित हिमालय लजमा गत मंगलबार दिउँसो र राती सामुहिक बलात्कार भएको बताईएको छ ।
आईतबार पीडित किशोरीका दाजु सदरमुकाम मलंगवा आएका छन् । उनले बहिनीमाथि जबर्जस्ती करणी गर्नेहरुमाथि कार्वाही हुनुपर्ने माग गरे । आÇनो आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र पारिवारिक अवस्था पनि जटिल रहेकाले न्यायका लागि सहयोग गर्न समेत उनले आग्रह गरे ।
घटनापछि महिला शान्ति केन्द्रको संरक्षणमा रहेकी ती किशोरीले ‘आÇनो बेइजत भएकाले कुन मुख लिएर घर जानु भन्दै’ चिन्ता व्यक्त गरेको र घर नजाने भनेर जिद्धी गरिरहेको बताईएको छ । पीडित किशोरीले ‘घर जानु भन्दा त बरु मर्नु नै बेस’ भन्ने गरेकाले अÇठ्यारो परिस्थिती सृजना भएको समेत उनका दाजु र महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुले बताए ।

No comments:

Post a Comment