सभासद्लाई कांग्रेसको सम्मान
सर्लाही समाचारदाता
हरिपुर, मङ्सिर २२ । संविधान सभा सदस्यका लागि सर्लाही क्षेत्र नं. २ बाट विजयी सभासद् रामचन्द्र चौधरीलाई शनिबार सम्मान गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रिय समितिले आयोजना गरेको चुनावी समिक्षा एवं शुभकामना आदान प्रदान कार्यक्रममा चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सर्लाही कांग्रेस सभापति लक्ष्मण रायले चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै जनताको चाहना अनुरुप एकवर्ष भित्र संविधान जारी गर्ने कार्यमा लागिपर्न र समग्र जिल्लाको विकासमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सम्मान पश्चात सभासद् चौधरीले जन चाहना अनुरुपको कार्य गर्न आफु सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा आफुलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाता,
पार्टी कार्यकता एवं शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
राजेन्द्र भट्टराईद्वारा संचालन गरिएको कार्यक्रममा कांग्रेस पूर्व सभापति सत्यदेव सिंह लगायत अशोक खनाल, मेघराज कोइराला, कपिलमुनी मैनाली, रामप्रसाद मैनाली, इन्दीरा आचार्य, गणेश उप्रेती, शेष कमरुद्दिन, डोर प्रसाद भट्टराई, विन्देश्वर सिंह, गणेश उप्रेती, बुक कुमारी थापा तथा श्रोत व्यक्ति समाज नेपालका केन्द्रिय अध्यक्ष नरेन्द्र भट्टराई, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कौशल किशोर राय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
No comments:
Post a Comment