भातृ मञ्चको बैठक
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २२ । नेपाल–भारत भातृ मञ्चको बैठक शनिबार भारतको सितामाढीमा बसेको छ ।
दुवैतर्फका सरोकारवाला विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधि सहितको उपस्थितीमा बैठक भएको मञ्चका सर्लाही अध्यक्ष एवं नागरिक समाजका अगूवा उग्रकान्त झाले बताए । ‘‘सिमा क्षेत्रको सुरक्षा व्यवस्था, दुईदेशका जनताबीचको मैत्रीपूर्ण व्यवहार, आवतजावतको समस्या लगायतमा देखिएका समस्यामा समाधानको पहलका लागि मञ्च क्रियाशिल छ ।’’ झाले शनिबार सर्लाही दैनिकसँग भने–‘‘यावत विषयमै आज दुई देशका सरोकारवालाहरु बीच छलफल भयो ।’’ बैठकमा दुवै देशमा अन्तरसंबन्धीत समस्याका कुराहरु उठेको र समाधानका लागि पहल गर्ने निर्णय भएको झाले बताए । बैठकमा दतिल अगूवा भूपनारायण राम लगायतको समेत सहभागिता रहेको थियो ।
No comments:
Post a Comment