तीन प्रहरी सहित ६ जना विरुद्ध किटानी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २२ । प्रहरी सहित १२ जनाले सामुहिक रुपमा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित किशोरीको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
पीडित किशोरीको बयानका आधारमा महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत महिला शान्ति केन्द्रले किटानी जाहेरी दिएको हो । शुक्रबार राती जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिईएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख निरुलक्ष्मी श्रेष्ठले बताईन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत जवानहरु राजकुमार फुयाँल, संजीव कार्की र अरवीन्द महतो तथा मलंगवा काठमाण्डौ चल्ने सृष्टी रात्रीबसका कण्डक्टर ऋषि उप्रेती र सह–चालक विनोद यादव एवं सोनी रात्रीबसका चालक शम्भुको विरुद्ध किटानी जाहेरी परेको हो । प्रहरी जवान बाहेक अन्यको नाम पुरा लेखिएको छैन । नाम उल्लेख भएका सहित १२ जनाले किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ ।
जाहेरीमा हिमालय लजका सञ्चालक र एक कामदारलाई समेत नाम लेखिएको भएपनि पीडित किशोरीलाई चिनाउदा उनीहरु नभएको बताएपछि दुईजनाको नाम हटाईएको स्रोतले बतायो । आरोपीत तीनजना प्रहरीलाई देखाउँदा भने किशोरीले जबर्जस्ती करणीमा संलग्न भएको बताईएको छ । आरोपीत बसका चालक, कण्डक्टर एवं सहचालक हाल फरार रहेका छन् ।
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले अनुसन्धान प्रकृया अगाडी बढेको बाहेक केही बताउन चाहेनन् । सिन्धुपाल्चोकको पातलेपानी गाविसकी ती किशोरीलाई गत मंगलबार विहान, दिउँसो र राती समेत प्रहरी एवं केही स्थानीय सहित एकदर्जन बढीले आÇनो कब्जामा लिएर पटक–पटक जबर्जस्ती करणी गरेको बताईएको छ । जबर्जस्ती करणीमा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालयले भने तीनजना प्रहरी जवानलाई आन्तरिक कार्वाही सुरु गरिसकेको स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोकको पातलेपानी गाविसकी करिब १६ वर्षिया ती किशोरी हाल महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत शान्ति महिला सेवा केन्द्रको संरक्षणमा रहेकी छिन् । बुधबार विहान ८ बजेतिर स्थानीय कलेजमा पढने विद्यार्थीहरुले साना हातहरु नेपाल नामक संस्थाका मलंगवा स्थित कर्मचारी विनोद रामलाई खबर गरेपछि उनको हिमालय लजबाट उद्धार भएको थियो ।
सृष्टी बसका सहचालक विनोदले काठमाण्डौबाट आफूलाई ललाई फकाई मलंगवा ल्याएको किशोरीको भनाई उदृत गर्दै महिला शान्ति केन्द्रकी बनिता कार्कीले बताईन् । १६ वर्ष उमेरकी किशोरी कसैले ललाई फकाई गर्दैमा एक्लै सिन्धुपाल्चोकदेखि निकै टाढाको ठाउँ मलंगवा आईपुग्नुले केही आशंकीत चर्चा पनि चलिरहेको छ । आÇनै श्रीमान र श्रीमतिबीच पनि असमतिको यौन सम्पर्क जबर्जस्ती करणी हुने भनेर सर्बोच्च अदालतले फैसला गरिसकेको परिस्थितीमा उनको चरित्र जेसुकै भएपनि सामुहिक रुपमा जबर्जस्ती करणी हुनु भने जघन्य अपराध भएकाले निश्पक्ष अनुसन्धान गरी दोषिमाथि कडा कानूनी कार्वाही हुनुपर्ने देखिन्छ ।
No comments:
Post a Comment