रेडबुल लिग फूटवलमा एभरेष्ट र गौरीशंकर विजयी
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ०६ । रेडबुल जिल्ला स्तरिय लिग फुटवल प्रतियोगिता अन्तर्गत सोमबार तीनवटा खेल सम्पन्न भएका छन् ।
ईश्वरपुर गाविस–२ वयलवासमा रहेको नारायण उमावीको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत पहिलो खेलमा दोभान युवा क्लव जब्दीलाई शुन्यका बिरुद्ध दुई गोल गरेर फुलजोर युवा क्लव विजयी भएको छ । दोस्रो खेलमा आकाशदिप युवा क्लव बरहथवालाई शुन्यका बिरुद्ध ३ गोल गरी एभरेष्ट फुटवल एकेडेमी जब्दीले बिजयी प्राप्त गरेको खेल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
त्यस्तै अन्तिम खेल भने एक–एक गोलको बराबरीमा सकिएपछि गोलाप्रथाका आधारमा निर्णय गरिएको थियो । युनिभर्सल स्पोर्टस् क्लव रानीगन्ज र गौरी शंकर युवा क्लव हरिपुरबीचको खेल बराबरी भएपछि गोलाप्रथाद्वारा छनोट गरिएको हो । गोलाप्रथामा युनिभर्सल बाहिरिएको छ । प्रतियोगिता जिल्ला फुटवल संघ र फुलजोर युवा क्लवको आयोजना तथा रेडवुलको प्रायोजनामा शुरु भएको हो ।
No comments:
Post a Comment