Tuesday, January 21, 2014

डिआईजी अर्याल आए

डिआईजी अर्याल आए
सर्लाही समाचारदाता
मलंगवा, माघ ०७ । नेपाल प्रहरीका मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रकाश अर्याल मंगलबार सर्लाही आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सहित मातहतका विभिन्न ईकाईहरुमा निरीक्षण एवं आवश्यक निर्देशनका लागि डिआईजी अर्याल सर्लाही आएका हुन् । उनी अपरान्ह साँढे ३ बजे नयाँरोडबाट बरहथवा हुँदै सदरमुकाम मलंगवातर्फ लागेका थिए ।
इलाका प्रहरी कार्यालय हरु बरहथवा, हरकठवा, गडहिया र बलराको स्थलगत निरीक्षण एवं त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई निर्देशन दिँदै डिआईजी राती ९ बजेतिर सदरमुकाम मलंगवा पुगेका थिए । डिआईजीको साथमा प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक समेत रहेका थिए ।
मंगलबार राती डिआईजी अर्याल सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय मै बास बसेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालयमा निरीक्षण एवं आवश्यक निर्देशन पश्चात हुलाकी सडकबाट  संग्रामपुर हुँदै डिआईजी अर्याल महोत्तरीतर्फ जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । महोत्तरीबाट फर्कने क्रममा इलाका प्रहरी कार्यालय केशरगंज, लालबन्दी, नवलपुर, हरिवन लगायतमा पनि निरीक्षण र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको बताईएको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालयमा सरुवा भएर आउने वितिकै डिआईजी अर्यालले विभिन्न २२ बुँदे निर्णय गरेको र निरीक्षण एवं निर्देशनका क्रममा उनले सोही निर्णयहरु अक्षरसः पालना गर्न भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिने गरेको एक प्रहरी अधिकृतले बताए ।
यसअघि सोमबार नै आउने भनिएपनि डिआईजी अर्याल मंगलबारमात्र सर्लाही आएका हुन् ।

No comments:

Post a Comment