विषादी छर्कन कृषि कार्यालयको आग्रह
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । जिल्ला कृषि विकास कार्यालय सर्लाहीले तरकारी बालीलाई डडुवा रोगबाट बचाउन समयमा नै विषादी प्रयोग गर्न किसानहरुलाई आग्रह गरेको छ ।
अत्याधिक मात्रामा कुहिरो लागेकाले डडुवा रोगको संक्रमण बढि हुने भन्दै कार्यालयले किसानहरुलाई यस्तो आग्रह गरेको हो । अहिले तापक्रम निकै कम भएकाले तरकारी बालिमा डडुवा रोग लाग्ने सम्भावना उच्च हुने बाली विकास अधिकृत रामप्रकाश महतोले बताए । उनका अनुसार तापक्रम १० डिग्री भन्दा कम भएपछि तरकारीमा डडुवा रोग लाग्ने गर्छ । अहिलेको मौसममा आलु तथा गोलभेडामा डढुवा रोग लाग्ने कृषि प्राविधिकहरुको भनाई छ । प्राविधिकहरुले बिषादीको प्रयोग गर्ने बेलामा तरकारी बालीको पात मुनी पनि नोजल घुमाएर औषधी छर्कन आग्रहगरेका छन् । जिल्ला कृषि कार्यालयले पनि जुन सुकै क्षेत्रमा तरकारी बालिमा डढुवा रोगको महामारी फैलिए प्राविधिक पठाउने दावी गरेको छ ।
No comments:
Post a Comment