डिआईजी अर्याल निर्देशन दिँदै फर्किए
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । नेपाल प्रहरीका मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) प्रकाश अर्यालले शुक्रबार जिल्ला स्थित विभिन्न मातहतका निकायमा स्थलगत निरीक्षक एवं आवश्यक निर्देशन दिएका छन् ।
महोत्तरी र धनुषाबाट फर्कने क्रममा डिआईजी अर्यालले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही स्थित विभिन्न प्रहरी इकाईमा स्थलगत निरीक्षण एवं त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका हुन् । सुरक्षाकर्मीलाई आचरण नसुधारे कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा फर्कने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय लालबन्दी, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय हरिवनमा डिआईजी अर्यालले स्थलगत निरीक्षण एवं त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए ।
निर्देशनका क्रममा डिआईजी अर्यालले आचरणमा सुधार गर्न र अनियमित कार्य नगर्न निर्देशन दिएको बताईएको छ । गत मंगलबार साँझ इलाका प्रहरी कार्यालय बरहथवा, हरकठवा, गढैया र बलरामा स्थलगत निरीक्षण एवं निर्देशन दिँदै राती जिल्ला प्रहरी कार्यालय मलंगवा पुगेका डिआईजी अर्याल बुधबार विहान मलंगवाबाट महोत्तरीतर्फ लागेका थिए । महोत्तरी र धनुषाबाट हेटौंडातर्फ फर्कने क्रममा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका प्रहरी इकाईहरुमा निरीक्षण एवं निर्देशन दिएका हुन् ।
No comments:
Post a Comment