Monday, January 20, 2014

सुरक्षाकर्मीकै सामुन्ने भन्सार प्रमुख कुटिए

सुरक्षाकर्मीकै सामुन्ने भन्सार प्रमुख कुटिए
शशि देवकोटा÷सर्लाही दैनिक
मलंगवा, माघ ०६ । सर्लाही भन्सार कार्यालय मलंगवाका कार्यालय प्रमुखमाथि सोमबार दिउँसो उनकै कार्यकक्षमा हातपात सहित दुव्र्यवहार भएको छ । कार्यकक्षमा बसिरहेको अवस्थामा दिउँसो आफूमाथि १८ जनाको समूहले हातपात सहित दुव्र्यवहार गरेको भन्सार प्रमुख टिकाराम भुषालले बताए । आफूमाथि कुटपीट हुँदा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरीका तीनजना सुरक्षाकर्मी भने मुकदर्शक बनेर बसेको भुषालले गुनासो गरे । ‘‘सुरक्षाकर्मीकै सामुन्ने हातपात सहितको दुव्र्यवहार सहनु प¥यो ।’’ भुषालले गुनासो गरे–‘‘यस्तो भएपछि राष्ट्रसेवक कर्मचारीहरुले कसरी काम गर्ने ?’’
भुषालका अनुसार १८ जनाको समुहले गालि गलौज गर्नुका साथै कुटपिट समेत गरेका हुन् । आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त बिषयलाई लिएर आएको समुहले आफूमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको भन्सार प्रमुख भुषालले बताए ।
‘‘म कार्यालय कक्षमा बसिरहेको थिएँ, १८ जनाको एक हुल कोठामा छिरेर एक्कासी कठालोमा समातेर कुर्सिबाट लडाए ।’’ उनले भने–‘‘टेबुलमा भएको सामानहरुले समेत जथाभाबी हिर्काउँदै बिभिन्न अपशब्द प्रयोग गरी ‘तेरो ज्यान नै मारी दिन्छौं’ भन्ने धम्कि समेत दिए ।’’ भन्सार प्रमुख भुषालमाथि यस्तो दुव्र्यवहार हुँदा नेपाल प्रहरी र शसस्त्र प्रहरी मुकदर्शक बनेर बसेको एक कर्मचारीले बताए ।
घटना लगतै भन्सार प्रमुखले प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरे समक्ष लिखित जानकारी सहितको उजुरी दिएका छन् । प्रजिअ घिमिरेले भन्सार कार्यालयबाट लिखित उजुरी आएको र कर्मचारीमाथि कार्यकक्षमै दुव्र्यवहार गर्नेहरुको खोजीकार्य भईरहेको बताए । ‘‘सेवाग्राहीलाई समस्या परेको भए गुनासो एवं उजुरी गर्ने विभिन्न उपायहरु छन्, तर ती सबैलाई बाईपास गरेर राष्ट्रसेवक कर्मचारीमाथि कार्यकक्षमै दुव्र्यवहार हुनु गलत हो ।’’ प्रजिअ घिमिरेले भने–‘‘कुटपिट गर्ने समुहको खोजी भईरहेको छ र दोषि जो सुकैलाई कानून बमोजिम कडा कार्वाही गरिनेछ ।’’
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले कुटपीटमा संलग्नहरुको खोजीकार्य भईरहेको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भईरहेको समेत बताए । ‘‘समग्र घटनाको बारेमा अनुसन्धान भईरहेको छ र कुटपीटमा संलग्नहरुको पनि खोजी कार्यका लागि छुट्टै प्रहरी टोली परिचालन भईसकेको छ ।’’ उनले भने–‘‘घटनामा दोषि देखिएका जो सुकैलाई कार्वाही प्रकृया अगाडी बढाईनेछ ।’’
तस्करहरुले जिल्लाको विभिन्न नाका हँुदै भन्सार छलेर विभिन्न सामानहरु भारतबाट नेपाल भित्र्याउने गर्दछन् । त्रिभुवननगर नाकामा छोटी भन्सार कार्यालय स्थापना गरिएको छ । तर कर्मचारीको अभावमा कार्यालय प्राय बन्द नै रहने गरेको जिल्ला भन्सार कार्यालयले जनायो । कार्यालय बन्द रहे पनि समय समयमा गस्ति गरिने भन्सार कार्यालयले जानकारी दियो । गस्तिकै क्रममा भन्सार प्रमुख भुषालको नेतृत्वमा गएको टोलीले आईतबार राती ४ पोका कपडा पक्राउ गरेको थियो ।
भन्सारका कर्मचारी एवं प्रहरी प्रशासनको मिलेमतोमै भारतबाट आयात गरिने सामानहरुको भन्सार लगायत महसुल नलिईने गरिएको जानकारहरु बताउँछन् । ‘‘भारतबाट अवैध ढंगले सामान भित्र्याउन तस्करहरुसँग प्रहरी प्रशासन र भन्सारका कर्मचारीकै मिलेमतोमा ‘लाईन’ सञ्चालन भईरहेको हुन्छ ।’’ एक जानकार भन्छन्–‘‘त्यही लाईनको कुरा नमिलेपछि तस्करहरुको समूहले भन्सार प्रमुखलाई हातपात गरेका हुन् ।’’

No comments:

Post a Comment