Thursday, January 30, 2014

पहिलो कृत्ति ‘प्रयास’ को बिमोचन

पहिलो कृत्ति ‘प्रयास’ को बिमोचन
सर्लाही समाचारदाता
लालबन्दी, माघ १६ । लालबन्दीमा विहिवार साहित्यीक कविता पुस्तक बिमोचन गरिएको छ । लालबन्दी गाविस–८ निवासी ४४ वर्षिया मीना देवकोटाद्धारा लिखित ‘पहिलो प्रयास’ पुस्तकको एक कार्यक्रम बीच विमोचन गरिएको हो । लाबलन्दी गाविसका निवर्तमान गाविस अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता तथा चलचित्र निर्माता  रन्जु प्रधानको प्रमुख आतिथ्यतामा डुमडुमे मन्दिर परिसरमा भएको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका बिष्णु भट्राई, श्रीमत भागवत प्रचार संघ लालबन्दीका सचिव माधव खरेल, साँस्कृतिक मञ्चका बिन्देश्वर सिंह, देवकोटा समाजका हेमलाल देवकोटा, बाल संरक्षण संस्था अध्यक्ष राधा घिमिरे, पालुङ एफएम हेटौडाका स्टेशन म्यानेजर कुमार नेगी लगायतले साहित्यको बारेमा चर्चा गरेका थिए ।
साहित्यको माध्यमबाट समाजमा रहेको विकृती तथा विसङ्गतीलाई चोटिलो प्रहार गर्दै कविताको मार्फत समाज सुधार परिवर्तन ल्याउन सकिने बक्ताहरुले उल्लेख गरेका थिए । कार्यक्रममा साहित्यिक क्षेत्रमा नव प्रवेशी साहित्यिकर्मीहरुले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment