Tuesday, January 28, 2014

व्यवस्थापन हस्तान्तरण

व्यवस्थापन हस्तान्तरण
सर्लाही समाचारदाता
परवानीपुर, माघ १४ । परवानीपुर र रानीगंजमा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई मंगलबार साना किसान कृषि सहकारी संस्था जब्दीले व्यवस्थापन हस्तान्तरण गरेको छ ।
साना किसान कृषि सहकारी संस्था जब्दीका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षता तथा क्षेत्रिय कृषि विकास बैंक जनकपुरका कार्यालयका प्रमुख गोविन्द लाल कर्णको प्रमुख आतिथ्यतामा व्यवस्थापन हस्तान्तरण गरिएको थियो । सहकारीका महिलाहरुलाई प्रशिक्षण दिएर व्यवस्थापन हस्तान्तरण गरेको सहकारी कार्यालयले जनाएको छ ।
कार्यक्रममा कृषि विकास बैंक जनकपुरका शाखा अधिकृत सत्यदेव राउत, साना किसान ईलाका कार्यालय जनाकपुरका राजकुमार यादव, परवानीपुर सहकारीकी  अध्यक्ष रेणु थापा लगायत अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनगर्दै प्रमुख अतिथी कर्णले महिलाहरु एक भएर सहकारीको माध्यमबाट अगाडि बढे सफल हुने धारण राखेका थिए । व्यवस्थापन हस्तान्तरण गरिएको सहकारी महिलाहरुमात्रले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment