Tuesday, January 28, 2014

ईटा उद्योगको अनुगमन शुरु

ईटा उद्योगको अनुगमन शुरु
सर्लाही समाचारदाता
मलंगवा माघ १४ । गैर कानुनी रुपमा सञ्चालनमा रहेका जिल्लाका ईटा उद्योगहरुको मंगलवारबाट स्थलगत  अनुगमन शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले अनुगमन शुरु गरेको हो । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नभई सञ्चालनमा रहेका ईटा उद्योगहरुको विवरण पत्ता लगाई कारवाही अगाडि बढाउन अनुगमन शुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख  मधुकर कुमार साहले बताए ।
कार्यालयबाट प्रमाण पत्र नलिईकन सञ्चालनमा रहेको ईटा उद्योगहरु फेला परेमा तत्काल बन्द गरिने साहले जनाए । त्यस्ता ईटा उद्योगहरुलाई तत्काल कार्यालयमा दर्ता गरी सञ्चालन गर्न आग्रह गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा  एक सय ईटा उद्योगहरु सञ्चालनमा रहेका मध्ये ४० भन्दा बढी गैर कानुनी रुपमा सञ्चालन भईरहेको गुनासो आएको  कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment