अवैध सामान बरामद
सर्लाही समाचारदाता
त्रिभुवननगर, माघ १५ । सशस्त्र प्रहरीको एक टोलीले बुधबार त्रिभुवन नगर नाकाबाट अवैध ढंगले आयात भईरहेको माल सामान बरामद् गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७० लिटर खानेतेल र एक बोरा चप्पल प्रहरबरामद् गरिएको हो । सामान ल्याउँने व्यक्ति भने सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरले जनाएको छ ।
२० हजार मुल्य बराबरको सो सामान जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । पछिल्लो समयमा सर्लाहीको दक्षिणी क्षेत्रका नाकाहरुबाट भन्सार छलि विभिन्न माल सामान ल्याउने क्रम बढ्दै गएकाले चेकजाँचमा कडाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment