Wednesday, January 22, 2014

वनक्षेत्र समन्वय समितिको

वनक्षेत्र समन्वय समितिको
बैठक सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, माघ ८ । जिल्ला वनक्षेत्र समन्वय समिति सर्लाहीको बैठक बुधबार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
समितीका अध्यक्ष एवं स्थानीय विकास अधिकारी उमेश बस्नेतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा चुरेवनक्षेत्रलाई विस्तार गर्ने विषयमा छलफल गरिएको छ । साथै आर्थिक वर्ष ०७१÷०७२ को कार्यक्रम तथा बजेट पनि सार्वजनिक गरिएको सहायक जिल्ला वन अधिकृत राम अयोध्या महतोले जानकारी दिए । जिल्लामा रहेका निजी, साझेदारी, सामुदायिक लगायत अन्य वनलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा पनि छलफल भएको महतोले बताए ।

No comments:

Post a Comment