Tuesday, January 28, 2014

नेफ्स्कून हरिवन फिल्डको वैठक

नेफ्स्कून हरिवन फिल्डको वैठक
सर्लाही समाचारदाता
हरिवन, माघ १३ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को हरिवन फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ ।
संयोजक कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले हरिवन फिल्ड कार्यालयको व्यवस्थापनलाई प्रभावकारी बनाउदै कार्यक्षेत्रभित्र रहेका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीका बचत तथा ऋण सहकारीहरुलाई सशक्त, गुणात्मक र प्रभावकारी बनाउन सहयोग पु¥याउने निर्णय गरेको छ । नेफ्स्कूनको सदस्यता, बचत परिचालन, अन्तरलगानी र शिक्षा तथा तालीमका कार्यक्रमहरुमा सहभागी हुन वैठकले सबै बचत तथा ऋण सहकारीहरुलाई आह्वान गरेको छ । सदस्य संस्थाहरुको सशक्तीकरण, सीप र प्रविधिको हस्तान्तरण र क्षमता विकासका लागि जिल्लामा विभिन्न तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन र संयोजनसमेत गर्ने निर्णय वैठकले गरेको छ ।
नेफ्स्कून केन्द्रीय कार्यालयले सञ्चालक कृष्ण पौडेलको संयोजकत्वमा हरिवन फिल्ड कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।
सदस्यहरुमा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे र उपाध्यक्ष हरेन्द्र राउत, समाज बचत तथा ऋण सहकारी संस्था, बर्दिवासका अध्यक्ष कृष्णकलादेवी सिंह र सगुन बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरका अध्यक्ष बिभु पोखरेललाई मनोनयन गरिएको छ । नेफ्स्कूनले आफ्नो सेवा विस्तार र प्रभावकारी बनाउन हरिवनलगायत मुलुकका आठ स्थानमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।

No comments:

Post a Comment