Monday, January 20, 2014

आगलागीबाट लाखौ क्षति

आगलागीबाट लाखौ क्षति
सर्लाही समाचारदाता
अगर्वा, माघ ०६ । आगलागीबाट कविलासीको अगर्वामा ३ लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।
आइतबार राती ११ बजे कविलासी गाविस–१, अगर्वा स्थित सोगारथ साहको किराना पसलमा आगलागी भएको दलित जनजाती पार्टी कविलासी गाउँ कमिटी अध्यक्ष सोगारथ पासवानले बताए । पासवानका अनुसार स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । उनका अनुसार आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागी के कारणले भएको हो सोको तथ्य भने खुल्न नसकेको पासवानले बताए । पसलका सञ्चालक साह भने आगलागी हुँदा आÇनो घरमा रहेका थिए ।

No comments:

Post a Comment