Wednesday, January 22, 2014

ठाकुरद्वारा रचनात्मक सहयोगको अपिल

ठाकुरद्वारा रचनात्मक सहयोगको अपिल
सर्लाही समाचारदाता
लालबन्दी, माघ ८ । लालबन्दीमा भर्खरै सरुवा भै आएका गाविस सचिव शम्भु ठाकुरले सबैलाई रचनात्मक सहयोग गर्न अपिल गरेका छन् ।
बुधबार गाविस सभाहलमा भएको परिचयात्मक कार्यक्रममा उनले सबै सहभागीहरुसँग यस्तो अपिल गरेका हुन् । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज लगायतले पनि सचिव ठाकुरलाई रचनात्मक सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका गाउँ ईकाई लालबन्दीका सभापती कृष्णप्रसाद दाहाल, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष गोविन्द महत लगायतले सचिव ठाकुरलाई रचनात्मक सहयोग गर्न प्रतिवद्ध रहेको बताए । लालबन्दीमा लामो समयदेखी कार्यरत केशव शाहीको फरहदवामा सरुवा भएपछि ठाकुर जिल्ला शिक्षा कार्यालय मलंगवाबाट सरुवा भई सचिवको रुपमा लालबन्दी आएका हुन् ।
सरकारले जिल्लाका चारवटा गाविसमा अधिकृत स्तरका कर्मचारीहरुलाई सचिवको रुपमा खटाउने निर्णय सँगै ठाकुर लालबन्दी गाविसमा आएका हुन् ।

No comments:

Post a Comment