सर्लाही समाचारदाता
मूर्तिया, माघ १५ । वन विभागका उपमहानिर्देशक रेशमबहादुर डाँगीले बुधबार इलाका वन कार्यालय मूर्तियाको स्थलगत निरीक्षण गरेका छन् ।
विभाग अन्तर्गत सामुदायिक वन महाशाखा प्रमुख समेत रहेका डाँगीले निरीक्षण गर्दा इलाका वन कार्यालयमा अधिकांश कर्मचारीहरु फेला परेनन् । विहान साँढे ११ बजेतिर कार्यालयमा पुग्दा प्रशासन फाँटका दुईजना र केही वन रक्षकबाहेक अधिकांश कर्मचारीहरु उपमहानिर्देशकको छड्केमा फेला परेका थिएनन् ।
उपमहानिर्देशक डाँगीले अरु कर्मचारीहरु खै त ? भन्ने प्रश्न राख्दा प्रशासन फाँटमा कार्यरत कर्मचारीले केही विदामा र केही गस्तीमा गएको बताएका थिए । उपमहानिर्देशक डाँगीले हाँजीरि पुस्तिका हेर्दा कार्यालयमा नभेटिएका कर्मचारीहरुले विदा जनाएको र फिल्डमा गएको तथ्यांक भने फेला पार्न सकेनन् ।
निरीक्षणका क्रममा कर्मचारीहरु फेला पार्न नसकेका उपमहानिर्देशक डाँगीले कार्यालय परिसरमै मदिरा खाएर छाडिएका खाली बोतलहरुको चांग भने देख्न भ्याए । कार्यालयमा कर्मचारीहरु नभेटेर केही क्रुद्ध बनेका उपमहानिर्देशक डाँगी कार्यालय छेउमै मदिराका छरपस्ट खाली बोतलहरु देखेपछि थप क्रुद्ध बनेका थिए । उनले उपस्थित कर्मचारीहरुलाई आइन्दा यस्तो नगर्न समेत चेतावनी दिएका थिए ।उपमहानिर्देशक डाँगीले माओवादी द्वन्द्वका क्रममा विष्फोटबाट क्षति पुगेको भवनको निरीक्षण समेत गरेका थिए ।
उक्त अवसरमा केही वर्षअघि सोही कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका र हाल संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठन कार्यालय पुल्चोकमा कार्यरत डा. राजेन्द्र केसी, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका परामर्शदाता छोटेलाल चौधरी लगायतको पनि उपस्थिती रहेको थियो ।
जिल्ला स्थित वन कार्यालयका प्रायजसो कर्मचारीहरु फिल्डमा खटिएको भन्दै कार्यालय र काममा नजाने गरेको जानकारहरु बताउँछन् । सामुदायिक वन र साझेदारी वन तथा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र पर्ने उक्त इलाकाले प्रत्यक्ष हेर्ने राष्ट्रिय वन क्षेत्र भने थोरै मात्र रहेपनि कर्मचारीहरु भने दिनभर ड्यूटीमा फिल्ड खटिएको भन्दै आ–आÇनो काममा व्यस्त हुने गरेको स्थानीय बासिन्दाले बताए । ‘‘अधिकांश वनहरु स्थानीय उपभोक्ताले संरक्षण गर्दै आएका छन् ।’’ एक स्थानीयले भने–‘‘तर वनका कर्मचारीहरु भने दिनभर फिल्डमा जाने भनेर आÇनै काममा व्यस्त हुने गर्दछन् ।’’
टोलीले स्थानीय विहानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रको समेत स्थलगत निरीक्षण गरेको थियो । उपमहानिर्देशक डाँगी नेतृत्व टोलीका सदस्यले उक्त सामुदायिक वनले वन क्षेत्रमा गरेको जडिबुटी खेती, डाले एवं भूँई घाँस खेती तथा त्यसबाट समूहका उपभोक्तामा पुगेको आयआर्जनको अवस्था लगायत बारेमा समूहका अगूवा दिनेश थापासँग जानकारी लिएका थिए । निरीक्षणका अवसरमा नेपाली कांग्रेसका नेता एवं गैरकाष्ठ वन पैदावार प्रवद्र्धन सञ्जालका राष्ट्रिय अध्यक्ष सिताराम दाहाल लगायतको पनि उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment