Friday, January 31, 2014

भारत लागिएका बालबालिकाको उद्धार

भारत लागिएका बालबालिकाको उद्धार
सर्लाही समाचारदाता
हरिवन, माघ १७ ।  कामकालागि भनेर भारत लागिएका सात बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । नारायणखोलाको बाटो हुँदै भारत लैजान लालबन्दी ल्याईएका सिन्धुली कल्पवृक्षका ६ जना बालक र एक बालिकालाई प्रहरीले उद्धार गरेको हो ।
अविभावकहरुले नै भातरको गया भन्ने ठाउँमा माग्ने कामका लागी लागेका ८ देखी १२ वर्ष सम्मका बालबालिकालाई प्रहरीले लाबलन्दी बजारबाट उद्धार गरेको हो । चार जना अविभावक सहित उद्धार गरिएको बालबालिकालाई शुक्रवार अविभावकहरुले पुन यस्तो कार्य नगर्ने भनेपछि कागज गरि घर फर्काएको प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी   दिए ।
विपन्न र अशिक्षीत परिवारका अविभावकहरुले भारतमा बच्चा लगेर माग्ने काममा लगाउने व्यक्तिहरु सँग मासिक एक÷दुई हजार लिने गरेको बताएका छन् । उनीहरुले वर्षेनी साना–साना बालबालिका भारतमा माग्ने कामको लागी लाने गरेको समेत स्वीकार गरेका छन् ।
यसअघि पनि भारतको सोही ठाउँमा भिक्षुको भेषमा माग्नको लागी लगिएका एक दर्जन बालबालिका बालसंरक्षण संस्था लालबन्दीले उद्धार अभिभावकको जिम्मा लगाएको थियो । जिल्लाको विकट गाविस नारायणखोला र सिन्धुलीको चुरे क्षेत्रमा पर्ने विभिन्न गाविसबाट भारतमा श्रम गर्न बालबालिका लाने क्रम बढ्दै गएको छ ।

No comments:

Post a Comment