स्तम्भ भत्कने अवस्थामा
सर्लाही समाचारदाता
जानकीनगर, माघ १६ । सहिदहरुको सम्झानामा विहिवार जिल्लाभर सहिद दिवस मनाई रहँदा जानकीनगर–३ मा रहेको सहिद स्तम्भ भने भत्कने अवस्थामा पुगेको छ ।
२०४४ सालमा निमार्ण गरिएको स्तम्भ अहिले संरक्षणको अवस्थामा जिर्ण भएको स्थानीयको भनाई छ । संरक्षण तर्फ कसैले चासो नदिँदा स्तम्भ भत्कन लागेको स्थानीय शिक्षक अर्जुन थापाले बताए ।
जहानियाँ राणाशासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा स्तम्भ निमार्ण गरिएको थियो । सो स्तम्भको तत्काल संरक्षण गर्न कसैले चासो नदिए त्यसको अस्तित्व नै हराएका जाने जानकीनगरवासीको भनाई छ । जनताको लागी ज्यान दिएका सहिदको स्तम्भ संरक्षण गर्न गाविस कार्यालयले पनि चासो नदिएको पाईएको छ । स्तम्भ हजरियाबाट एकसय मिटर दक्षिण खुल्ला स्थानमा रहेको छ ।
No comments:
Post a Comment