ट्रक पल्टँदा तीन घाईते
सर्लाही समाचारदाता
कर्मैया, माघ ०६ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्मैयामा ट्रक पल्टँदा चालक सहित तीनजना घाईते भएका छन् ।
बिरगन्जबाट जनकपुरका लागी आउँदै गरेको ना. ४ ख ८६५० नम्वरको ट्रक आइतबार राती कर्मैया गविस–१ मा पल्टदा चालक बारा, निजगढका २३ वर्षिय सागर राउत, सहचालक रौतहट, रंगपुरका २२ वर्षिय सन्तु लामा र ट्रकमा सवार यात्रु बारा, डुमरवानाका ३८ वर्षिय टंक प्रसाद मैनाली घाईते भएका छन् । सिमेन्ट लोड गरिएको ट्रक रोडबाट तलतिर पल्टिएको प्रहरीले जनाएको छ ।
अनियन्त्रित भई ट्रक पल्टिएको बताईएको छ । घाईते तीनै जनालाई हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागी वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment