सर्लाही समाचारदाता
हरिवन, माघ १३ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप तथा तेस्रो राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७० मा सर्लाहीका नरेश चौधरी प्रथम भएका छन् ।
नेपाल क्योकुशिन बुदोकाई कराते सर्लाहीका चौधरी नेपाल प्रहरीबाट पुरुष ६० केजी तौल समुहमा प्रथम भएका हुन् । चितवनको भरतपुर स्थित कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा देशभरीबाट छनौट भएर आएका खेलाडीहरु सहभागी रहेका थिए ।
राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार भएको फाईनल खेलको ६० केजी माथि पुरुष खुला तौल समुहमा नेपाली सेनाका बिरमान लामा प्रथम भएका छन् । त्यसैगरी अन्य तौल समुह अन्तरगत ५० केजी मुनिमा पश्चिमाञ्चलका पुर्ण थापा मगर प्रथम भएका छन् । महिला ५० केजी माथि तौल समुहमा पश्चिमाञ्चलकी बिन्दु पुन मगर प्रथम भएकी छिन् भने ५० केजी मुनि तौल समुहमा पश्चिमाञ्चलकी सुष्मा थापा मगर प्रथम भएकी छिन् । बिजयी खेलाडीहरुलाई फुलकन्ट्याक्ट महासंघका उपाध्यक्ष जगतप्रसाद गौचनले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए ।
No comments:
Post a Comment