Saturday, January 25, 2014

पोलियो थोपा खुवाईयो

पोलियो थोपा खुवाईयो
सर्लाही समाचारदाता
मलंगवा, माघ ११ । राष्ट्रव्यापी अभियान अन्तर्गत सर्लाहीका पाँच वर्ष मुनिका बालबालिकालाई पनि शनिबार पोलियो थोपा खुवाईएको छ ।
पोलियो थोपा खुवाउने अभियानको दोस्रो चरण अन्र्तगत शनिबार पोलियो थोपा खुवाईएको र आइतबार पनि छुटेका बालबालिकालाई खुवाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सर्लाहीमा पाँच वर्ष मुनिका १ लाख ५१ हजार ८ सय बालबालिका रहेका र शनिबार खुवाउँदा छुटेकालाई आईतबार समेत खुवाईने बताईएको छ ।
जिल्लाको ९९ गाविस र एक नगरापालिकामा पोलियो थोपा खुवाउनको लागी २ हजार स्वयमसेविका, ३ सय ५० स्वास्थ्यकर्मी खटाईएको छ । जिल्लाभरमा पोलियो थोपा खुवाउनको लागी ९ सय ७५ ओटा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयले बतायो । शनिबार पोलियो थोपा खुवाउन छुटेकालाई आइतबार  स्वास्थ्यकर्मी र स्वयंसेविका घरघरै गएर पोलियो थोपा खुवाउने छन् ।

No comments:

Post a Comment